सिड्नी आध्यात्मिक दिवसको पहिलो दिन अपार जनसहभागिता सहित कलश यात्रा सम्पन्न

सिड्नी आध्यात्मिक दिवसको पहिलो दिन अपार जनसहभागिता सहित कलश यात्रा सम्पन्न

सिड्नी आध्यात्मिक महोत्सवको पहिलो दिन कलश यात्रा तथा बिबिध कार्यक्रमहरु अपार सहभागिताका साथ सम्पन्न भएको छ| १२०८ कलश यात्रामा पन्चकन्या, पन्चे बाजा सहित सिड्नीमा स्थापित ५० भन्दा धेरै सामुदायिक संघ-संस्थाहरुबाट करिब १५०० भन्दा धेरैको उपस्थितिले बरउड पार्क संगीतमय बनेको थियो ।

कलश यात्रा पश्चात् आयोजित औपचारिक कार्यक्रमका प्रमुख अतिथि अष्ट्रेलियाका लागि नेपाली राजदूतका तर्फबाट कुल बहादुर मगरले कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो । त्यसै गरि एनएसडब्लु  प्रिमियर क्रिस मिन्स का तर्फबाट बहुसांस्कृतिक मामिला सम्बन्धि संसदीय सचिब माननीय मार्क बटीगेग, बहुसांस्कृतिक मामिला मन्त्रिका प्रतिनिधि जेसन यात-सेन लि, संघिय सांसद स्याली सिटो, बरउड मेयर जोन फाकेर का तर्फबाट काउन्सिलर सुकीर्ति भट्ट, एनआरएनए आध्यक्ष अनिल पोख्रेलले तिन दिवसीय आध्यात्मिक महोत्सवको सफलताको शुभकामना दिनु भएको थियो ।

आध्यात्मिक महोत्सवको पूर्वसन्ध्यामा पूज्य बौद्द धर्म गुरु टुल्कु सोनाम रिम्पुचे र वाचन प्रविण दीन बन्धु पोख्रेलबाट आशिर्वाद वाचन प्राप्त भएको थियो भने भरत नाट्यम लगायत अन्य धार्मिक आध्यात्मिक नृत्य प्रस्तूत गरिएको थियो ।
महोत्सवको पहिलो दिन, सिड्नीमा नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि दाताहरुले अष्ट्रेलियन डलर ४ लाख भन्दा धेरै दान गर्ने प्रतिबद्दता व्यक्त गर्नु भएको छ।

पहिलो दिनमा दान गर्नुहुनेहरुमा GSNMC अध्यक्ष बिष्णु हमाल/सपना हमालबाट १ लाख डलर, GSNMC उपाध्यक्ष उमेश पन्त/सिर्जना पन्तबाट १ लाख डलर, AIA अष्ट्रेलियाका निर्देशक समाजसेवी सुभान्स साहबाट १ लाख डलर, महेन्द्र लम्साल/लता लम्सालबाट २५ हजार डलर, सुजित सिग्देल/साधना सिग्देलबाट १० हजार डलर, बिष्णु घिमिरे/अन्जु घिमिरेबाट १० हजार डलर, मिना शर्मा/शुबर्ण शर्माबाट १० हजार डलर, प्रकाश बस्ताकोटी/सिर्जना बस्ताकोटीबाट १० हजार डलर, अमृत आचार्य/रमा आचार्यबाट १० हजार डलर, कल्याणी बर्तौला/बिनोद बर्तौलाबाट १० हजार डलर, प्रतिज्ञा अधिकारीबाट १० हजार डलर र सुमन बर्तौला/सिर्जना सिग्देलबाट पाच हजार एक डलर दान प्राप्त भएको छ। पहिलो दिनको अन्तिमसम्म १५ जनाले आजीवन सदस्यता लिनु भएको छ। नगद दान पेटिकामा $२०१० प्राप्त भएको थियो ।

शनिबार र आइतबार साँझसम्म चल्ने सिड्नी आध्यात्मिक महोत्सवमा उपस्थित भइ सिड्नीमा स्थापना गर्न लागिएको नेपाली बहुसांस्कृतिक केन्द्र निर्माण अभियानमा सहभागि भैदिनु हुन GSNMC सबैलाई हार्दिक अनुरोध गर्दछ।

Contact Details
115 Newton Road, Blacktown NSW 2148
Scroll to Top