भब्य र सभ्य भयो सिड्नी आध्यात्मिक महोत्सव!

भब्य र सभ्य भयो सिड्नी आध्यात्मिक महोत्सव!

तीन दिवसिय सिड्नी आध्यात्मिक महोत्सवको अन्तिम दिन अत्यन्तै उत्साहजनक रह्यो। महोत्सवस्थल बरउड पार्कमा मध्यान्ह देखि साँझ करिब ८ बजेसम्म भक्तजनहरु र दाताहरुको बाक्लो उपस्थिति थियो।

सिड्नीमा नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि सामुदायिक सचेतना तथा अर्थसंकलन गर्ने उद्देश्यले गरिएको यो महोत्सवमा अन्तिम दिन २०० भन्दा धेरै आजीवन सदस्यता आवेदन परेको छ। त्यसैगरि ६० भन्दा बढी दाताहरुबाट करीव १२ लाख २० हजार अष्ट्रेलियन डलर दान प्रतिबद्दता प्राप्त भएको छ भने दान पेटिकामा २४०० डलर नगद प्राप्त भएको छ ।

३ दिनको आध्यात्मिक महोत्सवका क्रममा २० लाख भन्दा धेरै अष्ट्रेलियन डलर दानबाट प्राप्त भएको छ भने करिब ५०० ले आजीवन सदस्यता लिनुभएको छ। कूल GSNMC आजीवन सदस्यताको संख्या १००० नाघेको अनुमान छ । आजीवन सदस्यता र दाताहरुको बाक्लो सहभागिता र निक्कै ब्यस्त रहेको तेश्रो दिन पनि सन्ध्या आरति गरि समापन गरिएको थियो।

बिबिध कारणले थुप्रै दाताहरु यो महोत्सवमा छुट्नु भएको छ। महोत्सव सकिए पनि सचेतना र अर्थ संकलन अभियान निरन्तर चल्ने छ। यो अभियान केवल आजको लागि होइन, हाम्रो भविष्यका पुस्ताहरूको लागि एउटा साझा सामुदायिक, बहुसांस्कृतिक केन्द्र निर्माण गर्ने साझा प्रयास हो।

Contact Details
115 Newton Road, Blacktown NSW 2148
Scroll to Top